श्रद्धाञ्जली

हाम्रो समुदायबाट बिदा भएका प्रियजनको सम्मानपूर्वक सम्झना। क्रियाकर्म वा श्राद्धको जानकारीसहित।

+ दिवंगत सूचना राख्नुहोस्
झुलेन्द्र बहादुर के.सी

दिवंगत

झुलेन्द्र बहादुर के.सी

2004 – 2083 · ७९ वर्ष

सिद्धिचरण–१२

सगरमाथा जनता माध्यमिक विद्यालय, ओखलढुङ्गाका पूर्व शिक्षक श्री झुलेन्द्रबहादुर के.सी.ज्यूको मिति २०८३ साल भाद्र २० गतेका दिन भएको असामयिक निधनको खबरले हामी ओखलढुङ्गा कनेक्ट परिवार अत्यन्त स्तब्ध र मर्माहत भएका छौं। ओखलढुङ्गाको शैक्षिक विकास र हजारौं विद्यार्थीहरूको सुन्दर भविष्य निर्माणमा उहाँले तीन दशकभन्दा बढी समयसम्म पुर्‍याउनुभएको अतुलनीय योगदानलाई हाम्रो सिंगो जिल्लाले सधैं सम्मानका साथ स्मरण गरिरहनेछ। उहाँ एक लगनशील, कर्तव्यनिष्ठ, मिलनसार र कुशल मार्गदर्शक हुनुहुन्थ्यो। शोकको यस दुःखद् घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै, शोकसन्तप्त परिवार तथा आफन्तजनमा यस अकल्पनीय पीडालाई सहन सक्ने धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछौं। ओखलढुङ्गा कनेक्ट परिवार

🪔 श्रद्धाञ्जली अर्पण गर्नुहोस् →

🗄️ श्रद्धाञ्जली अभिलेख

बितेका श्रद्धाञ्जलीहरू यहाँ सधैँ सुरक्षित रहन्छन्। नाम, पालिका वा वर्षअनुसार खोज्नुहोस्।